राजनीति


भारतको अतिक्रमण र थिचोमिचो नेपालले स्वीकार गर्दैनः नारायणकाजी

 भारतको अतिक्रमण र थिचोमिचो नेपालले स्वीकार गर्दैनः नारायणकाजी

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ८:३३,

 सत्तारुढ दखल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतको अतिक्रमण र थिचोमिचो नेपालले स्वीकार नगर्ने बताएका छन्।

भारतले नेपालको लिपुलेक, कालापानी लगायतका भूभागलाई आफ्नोतर्फ पार्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको सर्वत्र विरोध भइरहेका समयमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले यस्तो बताएका हुन्।

भारततर्फ संकेत गर्दै उनले छिमेकी उपनिवेशमा हुँदा समेत नेपाल सार्वभौम रहेको बताएका छन्। उनले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वासिधनता र सार्वभौमिकतामा सम्पूर्ण नेपाली एकजुट रहेको समेत प्रस्ट पारेका छन्।

‘विश्वमा साम्राज्यवादी उपनिवेशवाद हावी हुँदा र छिमेकी देशहरु उपनिवेश हुँदासमेत कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभै सार्वभौम र स्वतन्त्र रुपमा ठिंग खडा भएको देश हो नेपाल’, प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै भनेका छन्’, ‘भारत वा कसैको पनि अतिक्रमण वा थिचोमिचो हामी किमार्थ स्वीकार्दैनौं।यसमा हामी एक र अबिचल छौ।सबैले राम्ररी बुझोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad