नेपाली कांग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।
असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।
बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ।
यस्तै, बैठकमा पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा गरिनेछ।

प्रतिक्रिया