राजनीति


अग्रता लिएपछि धनराज पुगे सानेपा

अग्रता लिएपछि धनराज पुगे सानेपा

नेपालखबर
मंसिर २९, २०७८ बुधबार २०:५७, काठमाडौँ

नेपाली कांग्रेसको उपसभापतिका उम्मेदवार धनराज गुरुङ सानेपास्थित मतगणना भइरहेको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। 

बुधबार साँझ जारी उपसभापतिको मतगणनामा गुरुङले सुरुवातदेखि नै अग्रता लिएका छन्। मतगणनास्थलमा कांग्रेस नेता कार्यकर्ताको खासै उपस्थिति छैन।

केहीबेर अघि १२०० मतगणना हुँदा शेखर कोइराला प्यानलका गुरुङले ४२ मतको अग्रता लिएका छन्। गुरुङको पछि पछि शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का रहेका छन्। 

गुरुङ तेस्रो स्थानमा रहेका चन्द्र भण्डारी भन्दा ७१ मतले अगाडि छन्। 

चौथो स्थानमा रहेका देउवा प्यानलकै विजयकुमार गच्छदार गुरुङभन्दा ९१ मतले पछि छन्।

कांग्रेस उपसभापतिमा सबैभन्दा बढी मत ल्याउने दुई जना निर्वाचित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad