राजनीति


कालापानी सीमामा कुनै परिवर्तन नगरेको भारतको दाबी

कालापानी सीमामा कुनै परिवर्तन नगरेको भारतको दाबी

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ११:४७,

भारत सरकारले कालापानी क्षेत्र आफ्नै रहेको दाबी गर्दै नेपालसँगको सीमामा कुनै हेरफेर नगरिएको दाबी गरेको छ।

भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रविश कुमारले नयाँ राजनीतिक नक्सामा ‘नेपालसँगका सीमामा कुनै प्रकारको परिवर्तन नगरिएको दाबी गरे ।

‘नेपालसँगका सीमांकनबारे विद्यमान संयन्त्रमार्फत छलफल भइरहेको छ । मित्रवत् द्विपक्षीय संवादमार्फत् यस विषयलाई समाधान गरिने दोहोर्‍याउन चाहान्छु,’ रविश कुमारले बताए ।

भारतको नापी विभागले आइतबार जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्रलाई भारतभित्र पारेपछि त्यसको नेपालमा चर्को विरोध भइरहेको छ ।

नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालकै भएको बताएको थियो । नयाँ राजनीतिक नक्साका विषयमा नेपालमा भैरहेको प्रदर्शनलाई, रविश कुमारले नेपाल भारत सम्बन्ध विगार्न खोज्ने निहित् स्वार्थबाट भएको आरोप लगाए ।

सत्तारुढ तथा विपक्षी दलका विद्यार्थी संगठनहरुले भारतले जारी गरेको नयाँ नक्साको विरोध प्रदर्शन गर्दै आएका छन् । यसैबीच विपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघले बिहीबार भारतीय नक्साको विरोध गर्दै काठमाडौंस्थित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad