राजनीति


कांग्रेस नयाँ नेतृत्व चुन्न आज चुनाव, १३४ पदमा भिड्दै छन् यी ४९१ जना (नामसहित)

कांग्रेस नयाँ नेतृत्व चुन्न आज चुनाव, १३४ पदमा भिड्दै छन् यी ४९१ जना (नामसहित)

नेपालखबर
मंसिर २७, २०७८ सोमबार ५:४२, काठमाडौँ

नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चुन्न आज (सोमबार)  चुनाव हुँदै छ। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजे मतदान सुरु हुनेछ भने साँझ ५ बजेसम्म जारी रहनेछ। जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुँदै छन्।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन्।

निर्वाचनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना कांग्रेस केन्द्रीय समितिमा पुग्नेछन्। 

सदस्यतर्फ खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन्। 

सभापति पदका लागि ५, उपसभापतिमा ७,  महामन्त्रीमा ६ जनाको उमेदवारी परेको छ।

तर प्रदेश २ बाट केन्द्रीय सदस्यका २ काेटामा भने २ जनाकाे मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विराेध हुनेछन्।

प्रधानमन्त्री देउवा प्यानलतर्फ विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध

एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था छ।  

यी हुन् चुनावी मैदानमा रहेका ४९१ उम्मेदवार–

यसरी हुनेछ मतदान 
कांग्रेसको नयाँ नेतृत्व चुन्न आज बिहान ८ बजेदेखि हुने मतदानका लागि काठमाडौंमा तीनवटा मतदानकेन्द्र निर्धारण गरिएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा एउटा र भृकुटीमण्डपमा दुईवटा मतदान केन्द्र तोकिएका हुन्। यी तीन केन्द्रबाट गरेर एकैपटकमा ११ सय जनाले मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ। 

राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका सदस्य, भ्रातृ संगठनका प्रतिनिधि र विदेशबाट आउने प्रतिनिधिले मतदान गर्नेछन्। यस्तै लुम्बिनी र कर्णाली प्रदेशका प्रतिनिधिले पनि राष्ट्रिय सभागृहकै केन्द्रमा मतदान गर्नेछन्। त्यहाँ ४ सय १० वटा बुथ छन्। 

बाँकी बुथ भृकुटीमण्डपका दुईवटा केन्द्रमा छन्। 

प्रदेश नम्बर १, बागमती र सुदूरपश्चिम प्रदेशका लागि भृकुटीमण्डपको हल तथा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका लागि भृकुटीमण्डपको प्रांगणमा बुथ राखिएका छन्। 

एक जना मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नु पर्नेछ। हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छन्। 

सुरुमा सभापतिको मतपत्र दिइनेछ। त्यसमा मतदान गरेर ढ्वाङमा खसाइसकेपछि उपसभापतिको मतपत्र दिइनेछ। यसमा मतदानपछि महामन्त्री र सहमहामन्त्रीको मतपत्र दिइनेछ। यसपछि सदस्यमा पनि कोटा अनुसार छुट्टाछुट्टै मतपत्र तयार पािरएको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .