राजनीति


प्रधानमन्त्री देउवा प्यानलतर्फ विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध

प्रधानमन्त्री देउवा प्यानलतर्फ विजय सुरुवात, दुई केन्द्रीय सदस्य निर्विरोध

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०७८ आइतबार १०:४२, काठमाडौँ

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। 

कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार यस क्रममा प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

प्रदेश २ बाट ३ जनाको उम्मेदवारी परेकामा जंगीलाल यादवले फिर्ता लिएपछि २ जना निर्विरोध भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन्। उनीहरु प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका हुन्। 

यो पनि : ​यी हुन् देउवा प्यानलका १२५ उम्मेदवार (नामसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .