राजनीति


उपनिर्वाचनका लागि मनोनय दर्ता आज, यस्तो छ तालिका

उपनिर्वाचनका लागि मनोनय दर्ता आज, यस्तो छ तालिका

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १:२८,

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज (बिहीबार) मनोनयन पत्र दर्ता हुँदै छ।

निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ।

मनोनय दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

आयोगका अनुसार भोलि २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

यसैगरी २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य-३, स्थानीय तहको प्रमुख-१, अध्यक्ष–३, उपाध्यक्ष-१ र वडाध्यक्ष-४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदै छ।

३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १ सय १ राजनीतिक दल प्रतिस्पर्धा गर्दै छन्।

उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन्। २०७४ मा भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा भाग लिएका ८५ र नयाँ १६ गरी १०१ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन्।

आयोगका अनुसार मतदानमा ४ लाख ५४ हजार १ सय १४ मतदाता सहभागी हुँदै छन्।  

मृत्युलगायत विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका खाली रहेका विभिन्न स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपचनिर्वाचन गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad