छापा खबर


डा. केसीको स्वास्थ्यमा समस्या

डा. केसीको स्वास्थ्यमा समस्या

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १:४२,

१७ औँ चरणको अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा तेस्रो दिनदेखि नै समस्या देखिएको छ।

डडेल्धुरा सदरमुकामस्थित एक घरमा सोमबारदेखि अनशन थालेका उनको पिसाबमा बुधबार समस्या देखिएको चिकित्सकले बताएका छन्।

उपचारमा संलग्न डा. जितेन्द्र कँडेलले केसीको पिसाबमा एसिटोनको मात्रा बढ्दै गएको बताए । चिसोले यस्तो समस्या निम्त्याएको उनको भनाइ छ ।

ब्लडप्रेसर पनि घट्ने–बढ्ने भइरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा डडेल्धुराबाट करन ताम्राकार र काठमाडौं अर्जुन अधिकारीले लेखेका छन्।

‘यहाँ चिसो बढेको छ । उमेर र खाली पेटका कारण पनि उहाँलाई न्यानो चाहिएको छ,’ डा.कँडेलले भने, ‘सुरक्षाका हिसाबले उहाँलाई डडेल्धुरा अस्पतालमा राख्नु राम्रो हुन्छ ।’ बुधबार उनको चारपटक स्वास्थ्य जाँच गरिएको थियो।

मेडिकल कलेजहरूले विद्यार्थीसँग असुलेको बढी शुल्क फिर्ता गरे डा. गोविन्द केसीसँग छलफलको वातावरण बन्ने उनका सहयोगीहरूले बताएका छन् । केसीका सहयोगी डा. जीवन क्षेत्रीले अहिलेको मुख्य मुद्दा नै कलेजबाट ठगिएका विद्यार्थीलाई न्याय दिलाउनु भएको बताए।

‘कलेजहरूले असुलेको बढी शुल्क विद्यार्थीलाई फिर्ता गराउनु नै अहिलेको लडाइँ हो । सरकारले बोलेर होइन, व्यवहारमा यो काम गरे केसी सरलाई सम्झाएर छलफलमा ल्याउन सकिन्छ,’ क्षेत्रीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad