राजनीति


कांग्रेस अधिवेशन : लुम्बिनीमा पुनको अग्रता कायमै

कांग्रेस अधिवेशन : लुम्बिनीमा पुनको अग्रता कायमै

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका उम्मेदवार भरत शाह (बायाँ) र अमर पुन।


सुदीप भण्डारी
मंसिर १९, २०७८ आइतबार १७:९, काठमाडौँ

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत जारी मतगणनामा संस्थापन इतर पक्षका अमर पुनले अग्रता कायमै राखेका छन्।

४ सय ७८ मत गणना हुँदा पुनले २ सय ९५ मत प्राप्त गरेका छन्। संस्थापन पक्षका भरतकुमार शाहले १ सय ७८ मत प्राप्त गरेका छन्।

अन्य पदमा पनि पुनकै प्यानल अगाडि छ। उपसभापतिमा पुन प्यानलका अष्टभुजा पाठकले २७६, भुवनप्रसाद श्रेष्ठले २८३, शाह पक्षका राजु खनालले १९३ र सुधाकर पाण्डेले १४९ मत ल्याएका छन्।

महामन्त्रीमा पुन प्यानलका विक्रम खनालले २९३, सुरेन्द्रराज आचार्यले २८३, शाह प्यानलका जन्मजय तिमिल्सिनाले १६० र खिमानसिंह रायमाझीले १५४ मत प्राप्त गरेका छन्।

महिला तर्फको सहमहामन्त्रीमा निमा गिरिको २७० र सरिता चौधरीको १६२ तथा खुल्ला तर्फको सहमहामन्त्रीमा खगराज पाण्डेको २६२, विष्णु मुस्कानको २९१, माया पुनको १७७ र लक्ष्मीनारायण शाहको १६० मत आएको छन् ।

प्रदेश अधिवेशन अन्तर्गत हिजो भएको मतदानको गए रातिबाट मतगणना सुरु गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .