राजनीति


सुदूरपश्चिम कांग्रेस सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी

सुदूरपश्चिम कांग्रेस सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी

गोकुल जोशी
मंसिर १९, २०७८ आइतबार ११:४९, काठमाडौँ

महेन्द्रनगर। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा संस्थापन पक्ष (देउवा) निकट वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन्।

भर्खरै सम्पन्न मतगणनाअनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले नेपालखबरलाई जानकारी दिए।

सभापतिमा बलायरका निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत मात्रै प्राप्त गरेका छन्। पूर्वमन्त्री बलायरले मिश्रलाई ४ सय ८ मतले पराजित गरेका छन्।

कांग्रेसको प्रदेश अधिवेशनमा सबैभन्दा बढी मतान्तरले विजयी हुनेमा बलायर नै हुने देखिएको छ।

मत गणनाको परिणामअनुसार बलायरले ८ सय ८९ मत पाउँदा मिश्रले २ सय ८० मत ल्याएका छन्। सुदूरपश्चिममा १ हजार ३ मत खसेको थियो। सुदूरपश्चिममा संस्थापनले पदाधिकारीमा इतर समूहलाई ‘क्लिन स्वीप’ गरेको छ।

कसलाई कति मत?

सभापति -: १. नारायणदत्त मिश्र : २८० २. वीरबहादुर बलायर : ६८८ (विजयी) उपसभापति -: १. जनकराज चौधरी : ६१० (विजयी) २. लोकराज अवस्थी :५२३ (विजयी) ३.गोपाल सिंह गुरुङ : २८१ ४. मनबहादुर रावल : २६३ ५. हिम बहादुर रावल : १२१ महामन्त्री-: १. नरनारायण शाह मनु : ६४८(विजयी) २. मेघराज खड्का : ६३५ (विजयी) ३. प्रताप गुर्धामी : २१४ ४. रामबहादुर शाही : ३०३ सह-महामन्त्री -: १. गोपाल दत्त भट्ट : ५२९ (विजयी) २. चिन्तामणि भट्ट : ५३३ (विजयी) ३. नरेन्द्र प्रसाद भट्ट : २१२ ४. पदम राज पन्त : २५७ ५. लक्ष्मण बहादुर शाही : १६४ ६. हर्कबहादुर स्वाँर : ७१ सह-महामन्त्री (महिला) (कुनै १)  १.अम्बिका चलाउने (महिला) : ६८६ ( विजयी) २.खिना भण्डारी (कुँवर) : २३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad