राजनीति


‘पृथ्वीनारायण भुलेर मार्क्स र माओलाई माला लगाउनेले देश बनाउन सक्दैनन्’

‘पृथ्वीनारायण भुलेर मार्क्स र माओलाई माला लगाउनेले देश बनाउन सक्दैनन्’

यज्ञराज जोशी
मंसिर १८, २०७८ शनिबार १७:५७, काठमाडौँ

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल पृथ्वीनारायण शाहको विचारबाट बनेको देश भएको भन्दै उनलाई छोडेर मार्क्स र माओलाई माला लगाउँनेले देश बनाउन नसक्ने बताएका छन्। 

ललितपुरको जावलाखेलमा शनिबार भएको पार्टी एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष मिश्रले उक्त कुरा बताएका हुन्। 
 

‘पृथ्वीनारायण शाहको विचारबाट देश बन्यो। उनलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउनेले यो देश बनाउन सक्दैनन्,’ मिश्रले भने, ‘यो देशमा माओको नाम लिन हुने, गुणगान गाउन महेन्द्रको गुणगान गाउन नहुने? जसले माओको माला लगाएर महेन्द्र(शाह) लाई सराप्छ, त्यो व्यक्ति सबैभन्दा ठूलो राष्ट्रवादी कसरी हुन्छ?’

यो पनि: विवेकशील साझा पार्टीको एकिकरण घोषणा कार्यक्रम (फोटो फिचर)

यो पनि: एकिकरणसँगै विवेकशील साझामा थपिए ४५ केन्द्रीय सदस्य(नामावली)

उनले आफूलाई राजावादी भन्ने गरेको बताउँदै आफू देशको हित जे बनेर हुन्छ म त्यहीवादी भएको स्पष्टिकरण दिए। 

विवेकशील साझाले शनिबार सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गरेको हो। 

ललितपुरको जावलाखेल चौरमा पार्टी घोषणा कार्यक्रममा मिश्रले भने, ‘यहाँ राष्ट्रप्रमुखले रातो मछिन्द्रनाथको भोटो देखाउने सदियौंदेखि चल्दै आएको छ। यहाँहरुको साथ र सहयोग रह्यो भने सम्भवतः निकट भविष्यमा विवेकशील साझा पार्टीका राष्ट्रप्रमुखले पनि यो ठाउँमा भोटो देखाउनुहुन्छ।’ 

‘भन्दा अतिसयोक्ति लाग्ला। सुरु सुरुमा सबै कुरा अतिसुयुक्ति लाग्छ। समय बित्दै जादा वास्तविकतामा परिणत हुन्छ,’ उनले थपे, ‘कुनै बेला पञ्चायत, राजसंस्था ढल्ला, माओवादी सत्तामा आउलान् भनेर कसैले सोचेका थिएनन्। त्यसबेला मञ्चमा भाषण गर्दा मानिसहरु हाँस्थे। समयकालसँगै सबै चीज परिवर्तन हुँदै जान्छन्।’ 

विवेकशील साझाको विचार, सिद्धान्तबारे बारम्बार प्रश्न उठ्ने गरेको बताउँदै मिश्रले पार्टीको सिद्धान्त र एजेन्डाबारे प्रष्टाएका थिए। 

‘आज पनि विवेकशील साझा पार्टीले जब आफ्ना विचार मुद्दाका कुरा गर्छ। सामाजिक सञ्जालमा बारम्बार व्यंग्य हुन्छ,’ उनले भने, ‘समाजका अग्रणी लेखक तथा टिप्पणीकारणले त्यसलाई व्यंग्य गर्नुभएको हुन्छ। गर्दै गर्नुस् र हेर्दै गर्नुस्। अब यो देशको रुपान्तरण गर्ने क्षमता विवेकशील साझा पार्टीले मात्रै राख्छ।’ 

अहिले पनि आफूहरुलाई विश्वास गर्नेहरु विभिन्न काण्डैकाण्ड गर्नेहरु, भ्रष्ट्रचारीको समर्थन गर्ने गरेको उनले बताए। 

‘हामीलाई विश्वास नगर्ने एउटा तप्का छ। उनीहरु २०५२ सालमै पजेरो काण्ड गर्ने शेरबहादुर देउवालाई समर्थन गर्छन,’ उनले भने, ‘२०५३ सालमा संसद किनबेच गर्ने, लाउडा, यति, बालुवाटार, वाइड बढी काण्डहरूलाई समर्थन गर्छन। त्यही समूहले हाम्रो विचार र एजेन्डा छैन भनेर प्रश्न गर्छन्। कल्याणकारी लोकतन्त्र हाम्रो विचार हो। शिक्षा र स्वास्थ्य निशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था आफूहरुको एजेन्डा हो।’

 
उनले पुराना दलहरूलाई चुनौती दिन समान विचार राख्ने शक्तिहरु एक हुनुपर्नेमा जोड दिए।

साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरणका मुख्य बुँदाहरु
१. एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ। पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिनेछ।
२. एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।
३. एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन्।
४. एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।
५. एकीकृत पार्टीको केन्द्रीय समितिमा अनुसूची एकमा उल्लेख भए अनुसार सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल हुनुहुनेछ। त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा अनुसूची दुईमा उल्लेख भए अनुसार सिटिजन्स डिस्शन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना नयाँ सदस्यहरू सामेल हुनुहुनेछ।
६. एकीकृत पार्टीको प्रमुख कार्यभार देशव्यापी आन्दोलन, संगठन निर्माण र महाधिवेशन हुनेछ।
७। एकीकृत पार्टीको पहिलो महाधिवेशन अगाडि कुनै वाधा अड्चन आएमा त्यसको निरूपण केन्द्रीय कार्य सम्पादन समितिले केन्द्रीय समितिप्रति उत्तरदायी हुने गरि गर्नेछ।

अनुसूची एक

केन्द्रीय समिति सदस्यहरूको नामावली
 

सिटिजन्स डिस्कसन फोरम
. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. रमेश श्रेष्ठ ५. डा नन्द प्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. राजु बस्याल ८. धर्मराज शाक्य ९. राकेश कृष्ण अमात्य १०. सुरेश अर्याल ११. शान्ति ढुङ्गाना १२. विपना शर्मा १३. तारा सापकोटा १४. डा पुर्ण शाही १५. लक्ष्मी अधिकारी १६. मुना अधिकारी १७. दुर्गा कार्की १८. माधव भण्डारी १९. रमेश नेपाल  २०. धर्म मानन्धर २१. सौरेन्द्र बहादुर शाह २२. लक्ष्मण सिटौला २३. उत्तम निरौला २४. रोशन शिवाकोटी २५. सुदर्शन शर्मा २६. शान्ता गिरी २७. विन्दु हमाल २८. चन्द्रावती ढकाल २९. रविना अमगाईं ३०. गोपाल प्रसाद भण्डारी ३१. चन्द्रिका ढकाल

राष्ट्रिय जनता दरबार पार्टी
१. एसपी साह सारथी २. निरज थापा ३. श्रीराम पाण्डे कल्पित ४. डम्बर खत्री ५. सन्तोष चौहान ६. नरेश चौलागाईं ७. सुरज भारद्वाज बोहोरा ८. टिकाराम बर्तौला ९. विनोद कुमार रायमाझी १०. रिता पाठक ११. वसन्ती ज्ञवाली १२. रचना सापकोटा १३. प्रमोद उप्रेती १४. अमृता चौलागाईं 

अनुसूची दुई
केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरूको नामावली

१. कर्ण बहादुर शाही २. नारायण प्रसाद कोइराला ३. जयप्रकाश गुरागाईं ४. राकेश कृष्ण अमात्य ५. डा नन्दप्रसाद काप्री ६. विकास श्रेष्ठ मानव ७. एसपी साह सारथी ९. निरज थापा १०. श्रीराम पाण्डे कल्पित ११. विनोद कुमार रायमाझी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .