राजनीति


राप्रपा महाधिवेशन : दुवै प्यानलबाट यी हुन् पदाधिकारीका आकांक्षी

राप्रपा महाधिवेशन : दुवै प्यानलबाट यी हुन् पदाधिकारीका आकांक्षी

राप्रपाको एकता महाधिवेशनमा सहभागी नेताहरु


सागर न्यौपाने
मंसिर १५, २०७८ बुधबार २२:४, काठमाडौँ

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नेतृत्व लिन कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ।

लामो समयदेखि अध्यक्ष रहेर देशभर संगठनमा पकड जमाएका थापा र संघीय संसद लिङ्देन प्यानल नै बनाएर चुनावमा होमिँदैछन्। 

महाधिवेशनमा राप्रपाको नयाँ नेतृत्वका लागि ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। बिहीबारदेखि भृकुटीमण्डपमा सुरु हुने बन्द सत्रबाट नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। 

राप्रपाको विधानअनुसार एक अध्यक्ष, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री गरी ८ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। 

सहमहामन्त्री, सहायक महामन्त्री, कोषाध्यक्ष र प्रवक्तालाई केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ ।

थापाको पक्षबाट उपाध्यक्षमा निर्माण व्यवसायीसमेत रहेका चितवनका विक्रम पाण्डे, बुद्धिमान तामाङ, जयन्त चन्द (लोकेन्द्रबहादुर चन्दका छोरा) र रोशन कार्की (महिला) छन्। 

यसैगरी महामन्त्रीमा भुवन पाठक, कुन्ती शाही र ध्रुवबहादुर प्रधान उम्मेदवारी दिने तयारीमा छन्। 

महाधिवेशनमा आफूले जित्ने दाबी थापा प्यानलले गरिरहेको छ। 

उता लिङ्देनले पनि प्यानल नै बनाएर चुनावी प्रचार थालिसकेका छन्। 

महाधिवेशनस्थलत भृकुटीमण्डपमा लिङ्देन पक्षकै प्रचार बढी छ। उनको तस्विरसहितका ठाउँ ठाउँमा फ्लेक्स टाँगिएका छन्।

लिङ्देनको प्यानलबाट महामन्त्रीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबरा, अभिनेत्री रेखा थापा, जगत गौचन र रामचन्द्र राय यादव चर्चामा छन्। 

त्यसमध्येमा एकजनालाई उपाध्यक्ष बनाएर भए पनि प्यानल घोषणा तयारी भएको छ। ‘अहिलेसम्म छलफल जारी छ, अब भोलि विहानसम्म टुंगो लगाएर घोषणा गर्छौं, लिङ्देननिकट नेता राजेन्द्र गुरुङले भने।

राप्रपाको निर्वाचन प्रक्रिया बिहीबारदेखि सुरु हुनेछ। लिङ्देनलाई अध्यक्षमा प्रकाश चन्द्र लोहनी, धवल शमशेर जबरा र पशुपति शमशेर जबरासहितले साथ दिने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad