ad ad

राजनीति


एमालेमा ओलीले ४०० मत ल्याउँदा रावललाई ४२ मात्रै

एमालेमा ओलीले ४०० मत ल्याउँदा रावललाई ४२ मात्रै

कृष्ण बहाब
मंसिर १४, २०७८ मंगलबार १३:५२, चितवन

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। 

प्रारम्भिक परिणाम अनुसार वर्तमान अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्। 

निर्वाचन आयोगका अनुसार ओलीले ४०० मत ल्याउँदा प्रतिस्पर्धामा रहेका उपाध्यक्ष भीम रावलको पक्षमा ४२ मत मात्रै झरेको छ। 

अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ।  

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्। 

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने सुब्बाले बताए। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ।

एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो। 

निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार महाधिवेशनमा दुई हजार एक सय ५३ मतदाता थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .