ad ad

राजनीति


ओलीलाई अधिकार दिएकोमा भीम रावलको आपत्ति, सहमतिका नाममा पछि नहट्ने

ओलीलाई अधिकार दिएकोमा भीम रावलको आपत्ति, सहमतिका नाममा पछि नहट्ने

एमाले उपाध्यक्ष भीम रावल। तस्बिर : विक्रम राई/नेपालखबर


सागर न्यौपाने
मंसिर ११, २०७८ शनिबार २०:४९, चितवन

एमालेको चितवनमा जारी दसौँ महाधिवेशनको बन्द सत्रले सहमतिमै नेतृत्व चयन गर्ने सन्देश दिए पनि उपाध्यक्ष भीम रावलले चुनाव लड्ने बताएका छन्। 

संगठन विभाग प्रमुख विष्णु पौडेलको प्रस्तावमा २३ सय महाधिवेशन प्रतिनिधि सहभागी बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको नाम छान्ने जिम्मा दिएपछि रावलले यस्तो अडान लिएका हुन्। 

ओलीलाई नेतृत्व छान्ने जिम्मेवारी दिएपछि बोल्न पालो पाएका उनले उनले आफ्नो उम्मेदवारी कायमै रहने अडान राखेका हुन्। उनले ओलीलाई त्यसरी अधिकार दिएकोमा पनि आपत्ति जनाएका छन्। 

रावलले निर्वाचनले संगठानीक अराजक आउँछ भन्न नमिल्ने तर्क रावलले गरेका छन्। 

'हामीले जबजको नीति अंगिकार गरेका छौँ। जबजले निर्वाचन कहिल्यै निषेध गर्दैन', उनले भने, 'आन्तरिक लोकतन्त्र सुदृढ गराउन भए पनि पार्टीभित्र प्रतिस्पर्धा हुनुपर्छ। यसले नेतृत्वलाई तिखार्न मद्दत गर्छ।'

रावलले नयाँ नेतृत्व निर्वाचनबाट चुन्नु पर्ने अडान हलमा राखे। 'मेरो उम्मेदवारी कायम छ, म चुनावमा उठ्छु', उनले भने, 'एमालेले लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरिसकेको छ, अहिले पनि चुनाव हुन्छ।'

रावलले बन्द सत्र हलभित्र ओलीले सम्बोधन गरिरहँदा दिनभर प्रतिनिधिमाझ भोट मागेका थिए। उनले अध्यक्षमा भोट माग्ने क्रममा ३२ पेज लामो घोषणा पत्र नै सार्वजनिक गरेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .