राजनीति


नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार २:२६,

नव नियुक्त सातै प्रदेश प्रमुखले शपथग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान राष्ट्रपति कार्यालयमा सातै प्रदेशका प्रमुख (गभर्नर) लाई शपथ ग्रहण गराएकी हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश लगायतको सहभागिता थियो।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईंलाई प्रदेश ३, अमिक शेरचनलाई गण्डकी प्रदेश, धर्मनाथ यादवलाई प्रदेश ५, गोविन्द्र कलौनीलाई कर्णाली प्रदेश र शर्मिला त्रिपाठीलाई प्रदेश ७ नियुक्त गरेकी थिइन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियो। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमेदन गरेको हो।

सपथग्रहणपछि आजै प्रदेश प्रमुखहरु आआफ्नो जिम्मेवारी सम्हाल्न सम्बन्धित प्रदेशमा जानेछन्।

‘शपथग्रहणपछि आजै पदभार सम्हाल्न पोखरा जान्छु,’ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालखरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad