छापा खबर


शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रः कलेजो प्रत्यारोपण बन्द, मुटुको शल्यक्रिया हुन छाड्यो

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रः कलेजो प्रत्यारोपण बन्द, मुटुको शल्यक्रिया हुन छाड्यो

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १:५१,

सरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ।

सो केन्द्रका अधिकांश मेसिन उपयोगविहीन अवस्थामा छन् भने केही सेवा बन्द भएका खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

सरकारले केन्द्रलाई प्राथमिकतामा नराख्दा र पर्याप्त चिकित्सक अभावका कारण केन्द्रमा भएका मेसिन पनि उपयोगमा आउन नसकेको पाइएको छ।

मेसिन अभावमा बिरामी मर्कामा परेका छन् । केन्द्रका अनुसार केन्द्र स्थापना भएदेखि हालसम्म ६ सय ७२ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ।

अस्पतालले बिरामीले प्रभावकारी रूपमा सेवा दिन नसकेको देखिएको छ। राजधानी दैनिकले गरेको स्थलगत रिपोर्टिङका क्रममा बिरामीले प्रभावकारी तवरबाट सेवा पाउन नसकेको गुनासो गरेका थिए।

यस्तै, केन्द्रले निकट भविष्यमा कलेजो प्रत्यारोपणको तयारी थालिएको जनाएको छ । अस्पतालमा पुगेका बिरामीले सहज तरिकाले सेवा प्रवाह नपाएको गुनासो गरेका छन्।

एक्मो मेसिन उपयोगमा आउन सकेको छैन । चिकित्सकका अनुसार भेन्टिलेटरले धान्न नसक्ने बिरामीका लागि सो मेसिन प्रयोग हुने गर्छ।

पछिल्लो आठ महिनायता कलेजो प्रत्यारोपण हुन सकेको छैन । हेपोटोलोजिस्ट पर्याप्त मात्रामा नहुँदा सो कार्यक्रम सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ।

पछिल्लो समय मुटुको शल्यक्रियासमेत केन्द्रबाट हुन सकेको छैन । पर्याप्त चिकित्सकको अभावमा सो कार्यक्रम सञ्चालनमा नआएको बताइएको छ।

हृदयघात हुँदा बचाउन प्रयोग हुने मेसिन क्याथ ल्याब प्रभावकारी रूपमा प्रयोगमा नआएको पाइएको छ । अस्पताल स्रोतका अनुसार सो मेसिनले सातामा दुईदेखि तीन जनाको एन्जिओग्राम गर्छ । पर्याप्त कार्डियोलोजिस्टको अभावमा मेसिन प्रभावकारी रूपमा प्रयोगमा आउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad