राजनीति


सुनसरी १ मा देउवा समूह 'क्लिन स्वीप', उम्मेदवार फेरे पनि सफल हुन सकेन

सुनसरी १ मा देउवा समूह 'क्लिन स्वीप', उम्मेदवार फेरे पनि सफल हुन सकेन

कृष्ण बहाब
मंसिर ७, २०७८ मंगलबार २२:३५, इटहरी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा देउवा समूह क्लिन स्वीप भएको छ।

संस्थापन इतर समूहबाट सुजेन्द्र तामाङको प्यानल नै त्यहाँ विजयी भएको छ। 

धरानको सभागृहमा गरिएको मतगणनाको परिणामअनुसार रामचन्द्र पौडेल तथा शशांक-शेखर कोइराला समूहबाट सभापतिका उम्मेदवार तामाङ फराकिलो अन्तरले विजयी भएका हुन्। 

तामाङले ३९३ मत ल्याएर विजयी भएका छन् उनका प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत पाइन्।

धरानका मेयरसमेत रहेका तिलक राई अन्तिम समयमा पछि हटेपछि शेरबहादुर देउवा समूहबाट खतिवडा भिडेकी थिइन्। 

सभापति शेरबहादुर देउवा समूहबाट तिलक राई क्षेत्रीय सभापति उठ्ने तयारी थियो। तर प्रदेश क्षेत्रको चुनावमा हार व्यहोरेपछि राई व्याक भएका थिए।

राईलाई व्याक गरेर देउवा समूहले लक्ष्मी खतिवडालाई उमेदवार बनाए पनि रणनीति सफल हुन सकेन ।

खसेको कुल मत गणना सम्पन्न हुदा तामाङले ३९३ मत पाएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी खतिवडाले २१५ मत मात्र पाएर पराजित भएकी हुन्। विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाए। 

सचिवमा तामाङकै प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत ल्याएर विजयी भए। 

सचिवमा खतिवडा प्यानलका उम्मेदवारद्वय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत ल्याए। 

यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत ल्याएर विजयी भए। 

सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्वय नवीन ढकालले १६१ र नारद राईले २०७ मत ल्याउन सके।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .