प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
हिजो भएको काठमाडौं–६ को अधिवेशनबाट परियार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।
लामो समय पत्रकारिता गरेका परियार यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको रुपमा काम गरेका थिए। अहिले पनि प्रेसको जिम्मेवारी उनले नै सम्हालेका छन्।
तनहुँ स्थायी घर भए पनि पछिल्लो १० वर्षदेखि पार्टी राजनीतिमा उनी काठमाडौं क्षेत्र नम्वर ६ मा केन्द्रित थिए।
126
Shares

प्रतिक्रिया