राजनीति


मतगणनाका क्रममा झडप भएको रुपन्देही ३ मा चुनाव हुन सकेन

मतगणनाका क्रममा झडप भएको रुपन्देही ३ मा चुनाव हुन सकेन

फाइल फाेटाे


सुदीप भण्डारी
मंसिर ६, २०७८ सोमबार १९:४९, काठमाडौँ

रुपन्देहीका अरु क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन भए पनि क्षेत्र नम्बर ३ मा मतदान हुन सकेन। मतपत्र ढिला तयार भएकाले मतदान सुरु गर्न अबेर भएको थियो।

अबेर भएकाले आजलाई मतदान नगराउन र भोलि गर्न रामचन्द्र पौडेल पक्षका उम्मेदवारले माग गरेका थिए। संस्थापन पक्षले मतदाताहरू लाइनमा बसेकाले आजै मतदान गर्नुपर्ने अडान लिँदा विवाद भएको थियो।

संस्थापनका अडानबीच मतदान सुरु हुन लाग्दा पौडेल पक्षले बहिस्कार गरेर हिँडेको थियो। यसअघि प्रदेश क्षेत्रको अधिवेशनमा घटना भएकाले रातिमा चुनाव नगराउन र दिनमा मात्र गराउन आफूहरुले माग गरेको पूर्वजिल्ला सभापति रामचन्द्र ढकालले जानकारी दिए।

मतदान सुरु हुन लागेको थाह पाएपछि आफूले रोक्न मतदान अधिकृतलाई निर्देशन दिएको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी भेषनारायण घिमिरेले जानकारी दिए। उनले आजको मतदान स्थगित भएको र दुवै पक्षबीच समझदारी भएपछि मात्र मतदान गराउने बताए।

यसअघि रुपन्देही ३ क मा प्रदेश क्षेत्रीय समितिको मतगणनाको क्रममा झडप हुँदा क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त घाइते भएका थिए।

रुपन्देहीका क्षेत्र नम्बर १ र २ मा मतदान भएको छ। क्षेत्र नम्बर ४ र ५ मा सर्वसम्मत रुपमा क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन भएको छ। ४ मा मुकेश यादव क्षेत्रीय सभापति भएका छन् भने ५ मा वसिउल्लाह मुसलमान सर्वसम्मत रुपमा क्षेत्रीय सभापति चुनिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .