राजनीति


गृहक्षेत्रमा सर्वसम्मत गराउन गच्छदारको दबाब, निर्वाचन कार्यक्रम नै सारियो

गृहक्षेत्रमा सर्वसम्मत गराउन गच्छदारको दबाब, निर्वाचन कार्यक्रम नै सारियो

फाइल फोटो


कृष्ण बहाब
मंसिर ६, २०७८ सोमबार १९:१९, इटहरी

इटहरी : नेपाली कांग्रेसका उपसभापति  विजय कुमार गच्छदारले आफ्नो गृहक्षेत्रको मनोनयन दर्ता मिति सारेका छन्। 

गच्छदारको गृह क्षेत्र सुनसरी ३ मा सोमबार हुने मनोनयनलाई मंगलबारको लागि सारिएको हो। 

सहमतिमा मनोनयन गराउने भन्दै गच्छदारले दबाब दिएपछि निर्वाचन कार्यतालिका सरेको हो। 

लामो समयदेखि सहमतिको प्रयास गरेका उनले सोमबार मनोनयन दर्ता रोकेका थिए।

सुनसरीमा सोमबार बिहान १० बजे तोकिएको मनोनयन दर्ता गर्न पुगेका सो क्षेत्रका नेता कार्यकर्ताहरु त्यत्तिकै फर्किएका छन्।

मंगलबार विहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सुचना टास गरेर निर्वाचन कार्यतालीका सारेको हो।

पार्टी नेतृत्वबाट एकदिन निर्वाचन सार्न अनुरोध आएपछि कार्यतालिका सारेको निर्वाचन अधिकृत वेदनारायण यादवले बताए। 

गच्छदारले पनि फोन गरेर भोलि सहमतिको सूची लिएर आउने भनेपछि एक दिनलाई निर्वाचन सारिएको उनले बताएका छन्। 

उता गच्छदारले भने घरैमा कार्यकर्तालाई बोलाएर सहमतिका लागि दबाब दिँदै आएका छन्। 

दुई सातादेखि घरैमा कार्यकर्ताको भेला गर्दै आएका उनले संघीय निर्वाचन क्षेत्रको पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि एकमुष्ट सहमति गराउने तयारी गरेका छन् । 

आइतबार मात्रै सुनसरीको दक्षिणमा आएर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नै सहमतिमा अधिवेशन सम्पन्न गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .