ad ad

समाज


फेरि कनिष्ठलाई निमित्त दिएर टर्की उडे आइजीपी थापा

फेरि कनिष्ठलाई निमित्त दिएर टर्की उडे आइजीपी थापा

नेपालखबर
मंसिर ५, २०७८ आइतबार १४:९, काठमाडौँ

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल सचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा हुने ८९ औँ महासभामा सहभागी हुन आइतवार त्यसतर्फ उडेका छन्। 

नेशनल सेन्ट्रल ब्यूरो (एनसीसी) नेपालका प्रमुखसमेत रहेका उनीसँगै मंसिर ७ देखि ९ गतेसम्म हुने उक्त सम्मेलनमा सहभागी एआईजी प्रद्युम्न कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि गएका छन्। 

उनले यस पटक पनि विदेश यात्रामा जाँदा वरियतामा कनिष्ठ अधिकृतलाई निमित्त दिएका छन्। यसअघि भारत जाँदा एआइजी कार्कीलाई निमित्त दिएका थिए। 

यसपटक उनले वरियतामा तेस्रो स्थानका एआईजी निरज शाहीलाई निमित्त दिएका छन्। शाही प्रहरी तालिम केन्द्रमा कार्यरत रहेका छन्। 

तर वरियतामा शाहीभन्दा अगाडि हरिबहादुर पाल छन्। महानगरीय प्रहरी कार्यालयमा कार्यरत उनी आइजी थापाकै ब्याची पनि हुन्। 

तर यस पटक पनि आइजी थापाले पालभन्दा कनिष्ठ शाहीलाई निमित्त दिएका हुन्। वरियतामा वरिष्ठ पाललाई दोस्रो पटक पनि निमित्त नदिनुलाई दुवैबीच केही समस्या रहेको अर्थका रुपमा बुझिएको छ।

उनी यसअघि भारत जाँदा प्रहरी प्रधान कार्यालयभित्रै कार्यरत कार्कीलाई निमित्त दिइएको तर्क उनले गरेका थिए। तर यस पटक प्रहरी प्रधान कार्यालय बाहिरकालाई निमित्त दिएर गएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .