डडेल्धुरा कांग्रेसको वडा अधिवेशन फेरि गर्नुपर्ने माग राख्दै त्यहाँस्थित कार्यकर्ताहरूले बुधबारदेखि काठमाडौंमा अनशन सुरु गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लास्थित सभापति कर्ण मल्लसहितका नेता कार्यकर्ताले बुधबारदेखि सानेपामा अनशन थालेका छन्।
वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दोहोर्याएर अधिवेशन गर्नुपर्ने माग राखेको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा डडेल्धुरा कांग्रेसका नेता-कार्यकर्ताहरु दिउँसो ३ बजेदेखि अनशनमा बसेका छन्।
यसअघि सभापति मल्लले कात्तिक २७ गते सानेपामा पत्रकार सम्मेलन गरेर अनसन र धर्नाको घोषणा गरेका थिए।
कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदा हुँदै संस्थापन पक्षले एकलौटी वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ।




Shares

प्रतिक्रिया