राजनीति


प्रचण्ड मेडिसिटीबाट डिस्चार्ज भए

प्रचण्ड मेडिसिटीबाट डिस्चार्ज भए

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १३:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन्। 

देशका विभिन्न जिल्लामा भइरहेका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले रक्तचाप बढेपछि दाहाल शनिबार अस्पताल भर्ना भएका थिए।

स्वकीय सचिव गंगा दाहालले कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडको भोजपुरसम्मका कार्यक्रममा भाग लिने क्रममा भएको धपेडीले प्रचण्ड अस्पताल भर्ना भएका थिए। 

उनलाई डाक्टहरुले केही दिन घरमै आराम गर्न सुझाएका छन्। प्रचण्डले अब केही दिन घरमै आराम गर्ने जानकारी सचिवालयमार्फत दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad