प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज आइतबार पनि सर्वोच्च अदालत प्रवेश गर्ने मूल ढोकामै धर्ना दिने भएका छन्।
शुक्रबार उनीहरूको धर्ना कारण प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वाेच्च अदालतभित्र प्रवेश गरेका थिए।
आज पनि बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने कार्यक्रम रहेको नेपाल बार एसोसिएसनले जनाएको छ।
वर्तमान मन्त्रिपरिषदमा आफ्नो पनि भागबन्डा खोजेको घटना सार्वजनिक भएपछि प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारका अधिवक्ता एवं सर्वाेच्च अदालतकै न्यायाधीशहरूको उनको राजीनामा माग्दै निरन्तर विरोधमा उत्रिएका हुन्।
यो पनि : सर्वाेच्च अदालतमा जारी विवादमा दलहरूको मौनता आश्चर्यलाग्दो : त्रिविका चार पूर्वउपकुलपति
Shares

प्रतिक्रिया