ग्लोबल


इक्वेडरको जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु

इक्वेडरको जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार ९:१९, काठमाडौँ

इक्वेडरमा कैदीहरुबीच झडप हुँदा कम्तीमा पनि ६८ जनाको मृत्यु भएको छ। घटनामा अन्य कयौँ घाइते भएका छन्।

इक्वेडरको गाकुइल सहरमा रहेको एउटा जेलमा रहेका कैदीबन्दीबीच झडप हुँदा कम्तिमा पनि ६८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुकसमेत फेला पारेको छ। यो वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको मृत्यु भइसकेको छ।

मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad