राजनीति


सर्वाेच्च अदालतमा जारी विवादमा दलहरूको मौनता आश्चर्यलाग्दो : त्रिविका चार पूर्वउपकुलपति

सर्वाेच्च अदालतमा जारी विवादमा दलहरूको मौनता आश्चर्यलाग्दो : त्रिविका चार पूर्वउपकुलपति

नेपालखबर
कात्तिक २७, २०७८ शनिबार १७:२१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार जना पूर्वउपकूलपतिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्बन्धी विवाद समाधानका लागि अघि सर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

त्रिविका पूर्वउपकूलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतमा देखिएको समस्यामा अग्रसरता लिन अनुरोध गरेका हुन्।  

‘बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षणन’ शीर्षकमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो छ।’ 

लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायले देखाएको उदासिनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको उनीहरूले उल्लेख गरेका छन्। 

विज्ञप्तिमा अगाडि भनेका छन्, ‘गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरूरी छ।’ 

जनताले सरकारलाई गैरजिम्मेवार र राजनीतिक नेताहरूलाई अवसरवादीको आक्षेप लगाउने स्थिति नआओस् भन्ने चेतावनी दिँदै पूर्वउपकुलपतिहरूले आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ अविलम्ब पाइला चाल्न सरकार र दलहरूलाई आग्रह गरेका छन्। 

यो पनिराजीनामा छल्न फुलकोर्ट बोलाएर ‘गोलाप्रथा’ सुरु गर्ने तयारीमा प्रधानन्यायाधीश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad