ad ad

राजनीति


एमालेले सार्वजनिक गर्‍यो दशौँ राष्ट्रिय महाधिवेशनको लोगो

एमालेले सार्वजनिक गर्‍यो दशौँ राष्ट्रिय महाधिवेशनको लोगो

नेपालखबर
कात्तिक २६, २०७८ शुक्रबार १३:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन्। 

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ई-सेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई एक सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गरिने तरिकाबारे जानकारी गराए।

एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन्। त्यसका लागि शनिबार देशभर प्रतिनिधि चयन हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .