ad ad

राजनीति


बारविरुद्ध वकिलहरुको मोर्चाबन्दी, तीन दिनभित्र निर्णय सच्याउन चेतावनी

बारविरुद्ध वकिलहरुको मोर्चाबन्दी, तीन दिनभित्र निर्णय सच्याउन चेतावनी

नेपाल बारलाई ध्यानाकर्षण गराउँदै वकिलहरु। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १३:२७, काठमाडौँ

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले इजलास बहिष्कार गर्ने नेपाल बार एसोसिएसनको निर्णय सच्याउन चेतावनी दिएको छ।

अभियानका महासचिव कृष्ण प्रसाईले मंगलबार एक विज्ञप्ति निकालेर कानुन व्यवसायीलाई बहसमा रोक लगाउने गरी यसअघि दिएको वक्तव्यलाई सुधार गरी सार्वजनिक गर्न र न्यायाधीशहरूलाई न्यायालयमा रोक लगाउने गरी भएको कार्यक्रम फिर्ता लिन पनि चेतावनी दिएका छन्। 

'तीन दिनभित्र नेपाल बारले त्यस बमोजिम नगरेमा हामी स्वतन्त्र कानुन व्यवसायी अभियानले बार एसोसिएसन केन्द्रीय कार्यालयमा तालाबन्दी गरी बार नेतृत्वमा रहेका केही व्यक्तिहरु र जनविरोधी कार्यको नेतृत्व गरिरहेकाहरुलाई बारमा प्रवेश रोक लगाउने जानकारी गराउँछौँ', उनले भनेका छन्। 

उनले बारले सबै किसिमका समस्याको समाधान बारले कानुन बमोजिम खोज्नुपर्नेमा पनि जोड दिएको छ। 'कानुन र संविधानविरुद्धका कार्यक्रम फिर्ता नभए त्यसविरुद्ध कार्यक्रमहरु समेत कानुन बमोजिम नहुन सक्नेतर्फ हामी संवेदनशील रहन अनुरोध गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।

वकिलहरूले बारले कानुन विपरीत गतिविधि गरिरहेमा बारका अध्यक्षको कार्यकक्षमा ताला लगाउने पनि चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .