ad ad

राजनीति


एकीकृत समाजवादी निकट प्रेस संगठनको घोषणासभा कात्तिक २७ गते

एकीकृत समाजवादी निकट प्रेस संगठनको घोषणासभा कात्तिक २७ गते

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १९:४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले यही कात्तिक २७ गते काठमाडौंमा घोषणासभा गर्ने भएको छ। 

संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा संगठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने संगठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए।

संगठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सह इन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित संगठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुंगो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ। सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ। 

त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ। काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .