राजनीति


‘मेडिकल माफिया’ विरुद्धकाे आन्दोलनप्रति विवेकशीलको ऐक्यवद्धता

‘मेडिकल माफिया’ विरुद्धकाे आन्दोलनप्रति विवेकशीलको ऐक्यवद्धता

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १६:११,

विवेकशील नेपाली दलले मेडिकल माफियाको गुण्डागर्दी तथा अत्याचार विरुद्ध संघर्षरत विद्यार्थीहरुको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ।

विवेकशील नेपाली दलले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त माफियातन्त्र विरुद्ध शान्तिपूर्ण रुपमा संघर्षरत सम्पूर्ण विद्यार्थीहरू र सत्याग्रही डा. गोविन्द केसीको साथमा रहेको बताएको छ।

‘विभिन्न मेडिकल कलेजहरुले नेपालको विद्यमान कानुन, सरकार पक्षले सत्याग्रही डा। केसीका माग उपर गरेका सम्झौता र चिकित्सा शिक्षा जस्तो संवेदनशील विषयको मर्म विपरीत अवाञ्छित रुपमा उठाइरहेको अतिरिक्त शुल्क तुरुन्त व्याज सहित पीडित विद्यार्थीहरूलाई फिर्ता गर्न विवेकशील नेपाली दल जोडदार माग गर्दछौं।’ पार्टीका नीति सचिव सन्जिव भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 साथै, विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक तनाव दिने कलेज सञ्चालक तथा प्रशासकलाई नेपालको कानुन बमोजिम हदैसम्मको कारवाही गर्न नियमनकारी निकाय तथा प्रशासन समक्ष अपील गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad