नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चितवनको माडी क्षेत्र मणि हुने बताएका छन्।
एमाले माडी नगर समितिले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन्।
'म होइन राम नै फर्किएर आएपछि माडी अब मणि हुन्छ', उनले भने, 'यो ठाउँलाई सुरक्षित गरौँ। यहाँ दशौँ लाख मानिसको मेला लगाउनुपर्छ।'
उनले आफ्नो सरकारको पालामा माडीमा रामजानकी मन्दिर राखेको, लिपुलेक-लिम्पियाधुरासहितको नक्सा जारी गरेको पनि बताए।
'यो क्षेत्रमा म चुनावमा लड्न आउँदिनँ, मैले कहाँ कहाँ गएर चुनाव लडौँ तर म यस क्षेत्रको विकास गर्छु', ओलीले भने, 'यस ठाउँबाट जसलाई छानेर पठायौँ ती मान्छे छटपटिएरै बसेका छन्। माडी विकास भएर यहाँको दाम काठमाडौंको जति हुन्छ।'
उनले देश विकासको काम गरेकैले एमालेको सरकारलाई १० महिनामै ढालिएको उनले बताए। 'पहिले एमालेको सरकारलाई १० महिनामा ढाले। अहिले साढे ३ वर्षमा ढाले', उनले भने, 'अब एमालेलाई ढाल्न कसैले नचिताए हुन्छ।'

Shares

प्रतिक्रिया