राजनीति


बन्द इजलासमा महराको बयान, थुनछेकको बहस आइतबार मात्रै हुने

बन्द इजलासमा महराको बयान, थुनछेकको बहस आइतबार मात्रै हुने

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार ९:५१,

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको आज जिल्ला अदालत काठमाडौंमा बयान लिने कार्य भइरहेको छ।

सरकारी निवासबाटै पक्राउ परेका महराको आजै थुनछेक बहस हुने भनिए पनि शुक्रबार बयानमात्रै लिइने अदालत स्रोतले नेपालखबरलाई जानकारी दिएको हो।

जिल्ला अदालतका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा अहिले महराको बयान भइरहेको छ। उक्त इजलासमा बयान जारी रहँदा सुरक्षाकर्मी र कानुन व्यवसायीलाई मात्रै प्रवेश दिइएको छ। अहिले अदालतले महरासँग घटना सम्बन्धमा प्रश्न सोधिरहेको स्रोतले जानकारी दिएको छ। बयानका क्रममा महराले फोनमा कुरा गरे पनि महिला कर्मचारीको कोठामा भने नगएको बयान दिएका छन्।

थुनछेक बहस आज नहुने भएपछि आइतबारसम्म महरा प्रहरी हिरासतमै रहनेछन्। आइतबारको थुनछेक बहसपछि मात्रै उनी छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतले फैसला गर्नेछ।

महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad