चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ। माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो।
चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन्।
गीतको शब्द रचना तथा संगीत शंकर अधिकारी घायल रहेको छ। चलचित्रमा समावेश गीत प्रेममय रहेको छ। गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। राजन मर्हजनको नृत्य निर्देशन , विश्वास भण्डारीको सम्पादन भिडियोमा रहेको छ। ‘दिल चोरी लैजाउ’ गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ।
कात्तिक १५, २०७६ शुक्रबार ९:५९

प्रतिक्रिया