कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले संविधानको मूलधारमा नआइसकेका दलहरुलाई मूलधारको राजनीतिमा ल्याउन सरकारले संवाद गरिरहेको बताएका छन्।
रुपन्देहीको तिलोत्तमास्थित निवासमा आइतबार आयोजित सम्मान समारोहलाई सम्वोधन गर्दै उनले संविधानको मूलधारमा नआइसकेका दलहरुलाई मूलधारको राजनीतिमा ल्याउन सरकारले संवाद गरिरहेको बताएका हुन्।
‘सरकारले संविधानको पालना कसरी गर्ने, विधिको शासनलाई कसरी सबल गराउने, संविधानलाई सबैको स्वामित्व कसरी स्थापित गर्ने, यसका लागि संविधानको मुलधारमा नआएका राजनीतिक दलहरुलाई पनि मूलधारको राजनीतिमा कसरी ल्याउने, यसका लागि वर्तमान सरकारले विभिन्न राजनीतिक दलहरुसँग संवाद गरिहेको छ’, गृहमन्त्रीसमेत रहेका खाणले भने।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य भएर संविधान र व्यवस्थाका प्रति सबैको स्वामित्व स्थापित हुनेमा सरकार विश्वस्त रहेको पनि बताए।
‘हामीलाई विश्वास छ, संघीय लोकतान्त्रिक गणतन्त्र सबैको लागि स्वीकार्य हुनेछ। र यो संविधान र व्यवस्थाका प्रति सबैको स्वामित्व स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ’, खाणले भने।
उनले सरकारको मूल दायित्व जनताको जीवन रक्षा भएको पनि बताए।
‘सरकारको मूल दायित्व जनताको जीवन रक्षा हो,’ कार्यवाहक प्रधानमन्त्री खाणले भने।
Shares

प्रतिक्रिया