राजनीति


चुनावबारे प्रचण्डले चितवनमा जे भनेका थिए, कास्की पुगेर माधव नेपालले त्यही भने

चुनावबारे प्रचण्डले चितवनमा जे भनेका थिए, कास्की पुगेर माधव नेपालले त्यही भने

फाइल तस्बिर


वाशुदेव मिश्र
कात्तिक १२, २०७८ शुक्रबार ११:५२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकुमार नेपालले संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गर्नुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रचण्डकै भनाइ दाेहाेर्याएका हुन्। 

सत्ता गठबन्धनमा सामेल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन पुगेर तीनवटै तहको निर्वाचन एकैपल्ट गरिनुपर्ने धारणा सार्वजनिक गरेको भोलिपल्टै नेपालले पनि त्यही कुरा भनेका हुन्। 

‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने। राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला’, उनले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन। तर मेरो दिमागमा त्यो कुरा आइराखेको छ।’

उनले एकैपल्ट चुनाव गर्दा आइपर्ने कानुनी जटिलताबारे भने आफूलाई जानकारी नभएको र यस विषयमा सत्ता गठबन्धनसँग छलफल पनि नभएको बताए।

यो पनि : ​माधव नेपाल भन्छन् : प्रधानन्यायाधीशविरुद्ध महाभियोगको कुरा कहाँबाट आयो!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .