प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। ओली बिहीबार साँझ डिस्चार्ज भएका हुन्।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका उनको बुधबार र बिहीबार गरी दुई पटक डायलासिस गरिएको थियो।
अस्पतालबाट बाहिरिँदै गर्दा उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू ठिकठाक रहेकाे बताए।
अस्पतालबाट डिस्चार्ज भएपछि ओली बा२झ ३२२७ नम्बरको गाडीमा बालुवाटार फर्किएका थिए।

प्रतिक्रिया