राजनीति


अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्?

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्?

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १५:६, काठमाडौँ

केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेकी अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने संकेत गरेकी छन्। 

मंगलबार दिउँसो फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै लगत्तै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेकी हुन्।   

हेर्नुहोस् तल करिश्माले लेखेको स्टाटस र फोन कलको स्क्रिनसट–

अलि तल केपी शर्मा ओलीको नाम पनि छ। 

यसमा एक जनाले यस्ताे कमेन्ट गरेका छन्। 

एकपटक उनले केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर यस्तै स्क्रिनसट राख्दा ‘इनकमिङ’ होइन, ‘आउटगोइङ’ देखिएपछि फेसबुक प्रयोगकर्ताले कमेन्टमा उल्लीबिल्ली पारेका थिए।

केपी ओलीले करिश्मालाई गरेको फोन ‘विवाद’मा

माथिको स्टाटस (बा यत्तिकै भएको होइन रहेछ) र स्क्रिनसटलगत्तै करिश्मा मानन्धरले अर्काे स्टाटस लेखेकी छन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै  क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो  संस्कार हो।यो हाँस्ने कुरा होइन। वहाँलाई अवश्य भेट्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad