ad ad

राजनीति


कस्मिरमा चरमपन्थीले गरे पाँच मजदुरको हत्या

कस्मिरमा चरमपन्थीले गरे पाँच मजदुरको हत्या

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार १:२९,

भारत प्रशासित कस्मिरमा चरमपन्थीले स्थानीय पाँच मजदुरको हत्या गरेका छन्।

कस्मिर प्रहरीले दिएको जानकारीअनुसार कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार राति चरमपन्थीले स्थानीय पाँच जनाको हत्या गरेको हुन्।

जम्मु–कस्मिर प्रहरीले आफ्नो ट्विटमार्फत यो जानकारी दिएको हो।

मारिएका सबै स्थानीय मजदुर रहेको र उनीहरुलाई चरमपन्थीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ।

जम्मु–कस्मिरकाे अवस्था बुझ्न युरोपियन सांसदको समूह स्थलगत निरीक्षणमा रहेका बेला यो घटना भएको हो।

अहिले प्रहरी घटनास्थल पुगेर सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .