नेकपा (एकीकृत समाजवादी) ले ‘वरिष्ठ नेता’ का पद हटाएको छ।
सो पार्टीले वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ।
पार्टीले हालै जारी अन्तरपार्टी निर्देशन (अपानीमा) मा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो।
नेता खनाल एकीकृत समाजवादीको विदेश विभाग प्रमुख समेत हुन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै नेताहरुको कार्यविभाजन गरिएको छ।
जसमा नेता खनाललाई ‘सम्मानित नेता’ को दर्जासहित विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
534
Shares
प्रतिक्रिया