नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका छन्।
मन्त्रालय भागवण्डा र संख्यालाई लिएर पार्टीमा तीव्र असन्तुष्टि देखिएपछि बिहीबार बसिरहेको स्थायी कमिटी बैठकबाट बाहिरिएर नेपाल बालुवाटार पुगेका हुन्।
पार्टी स्थायी कमिटी बैठकले मन्त्रालय विभाजन र संख्यामा गठबन्धनका अन्य दलले हेपेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए।
समाजवादी नेता एवम् सांसद विरोध खतिवडाले आफूहरुको नयाँ पार्टी भएकाले अहिले दिइएको मन्त्रालय संख्या कम हुने बताए।
उनले मन्त्रालय बाँडफाँटलाई लिएर विवाद भएपछि सबै कुराको निर्णयको जिम्मेवारी अध्यक्ष नेपाललाई दिइएको पनि बताए।
पार्टी बैठकले मन्त्री छान्ने जिम्मा आफूलाई दिएसँगै नेपाल बालुवाटार पुगेका हुन्। गठबन्धनले नेपालको पार्टीलाई ५ मन्त्री र १ राज्य मन्त्री दिने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया