राजनीति


जापानको प्रधानमन्त्री बने फुमियो किसिदा

जापानको प्रधानमन्त्री बने फुमियो किसिदा

नेपालखबर
असोज १८, २०७८ सोमबार १४:११, काठमाडौँ

फुमियो किसिदा जापानको प्रधानमन्त्री बनेका छन्। 

गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) काे नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन्। 

जापानी संसदका दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो।  

उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको बीबीसीले जनाएको छ। 

निवर्तमान प्रधानमन्त्री योसिहिदो सुगाको उत्तराधिकारी बनेका किसिदा यसअघि विदेशमन्त्री थिए। 

उनले अब कोरोना महामारीले ग्रस्त अर्थतन्त्रको पुनःउत्थान, उत्तर कोरियाबाट हुनसक्ने खतरालगायत कठिन सवालको सामना गर्नुपर्नेछ। 

महामारीकैबीच ओलम्पिक आयोजना गरेका कारण आलोचित एलडीपीलाई आगामी चुनावमा जिताउने जिम्मेवारी पनि नवनियुक्त प्रधानमन्त्री किसिदाकै काँधमा आइपुगको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad