भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर र मेचु धिमालको युगल गायनमा नयाँ सालैजो गीत ‘नजरको गोली’ सार्वजनिक भएको छ।
संगीत भकारी युट्युव च्यानलबाट भिडिओसहितकाे गीत सार्वजनिक गरिएको हो ।
युवा गीतकार लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीत गीतमा सुन्न पाइन्छ। गीतको संगीत संयोजन देवेश राई र ध्वनि सम्पादन किशोर थापाले गरेका हुन्।
गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडिओमा अहिलेका चर्चित युवा अभिनेता पल शाह र मोडल गीता ढुंगानाको अभिनय हेर्न सकिन्छ।
गीतको भिडिओमा भने गायकगायिका दुवैको अभिनय समेत रहेको छ।
वरिष्ठ अभिनेता दिलिप रायमाझीलाई अतिथि कलाकारको भूमिका दिइएको भिडिओको छायांकन नवराज उप्रेतीले गरेका हुन्।
विष्णुहरी तिमल्सिनाले सम्पादन गरेको भिडिओको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका हुन्।
Shares

प्रतिक्रिया