राजनीति


ओलीको कटाक्ष : किड्नी फेर्दा पनि बाँचे, विपक्षी चिन्तित रहेछन् त के गरौँ

ओलीको कटाक्ष : किड्नी फेर्दा पनि बाँचे, विपक्षी चिन्तित रहेछन् त के गरौँ

नेपालखबर
असोज १७, २०७८ आइतबार १७:१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बाँचेकैले विपक्षी दलहरुमा चिन्ता बढेको बताएका छन्।

ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनलाई आइतवार सम्बोधनका क्रममा ओलीले यस्तो भनेका हुन्। 

'अहिले विपक्षी दुई कारणले चिन्तित छन्। किड्नी फेरेर पनि म बाँचेकाले विपक्षीको चिन्ता बढेको रहेछ', उनले भने, 'किड्नी फेर्यो मरेन, अर्को रोग लाग्यो मरेन भनेर उनीहरु चिन्तित भएका रहेछन्। यसमा म के गरौँ।'

उनले आफूलाई जनता र कार्यकर्कताले बा का रुपमा माया गरेको पनि बताए। 'कार्यकर्ता र जनताले मलाई धेरै माया गरेका छन्', उनले भने, 'म बाँचेकैमा चिन्तित छन् त म के गरुँ। मलाई एउटा बुवाको रुपमा, साथीका रुपमा दिएको विश्वास एक थोपो पनि तलमाथि पर्ने छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad