राजनीति


अब एमालेमा तीन तह मात्रै : केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने

पोलिटब्युरो कमिटी नराखिने
अब एमालेमा तीन तह मात्रै : केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने

नेपालखबर
असोज १७, २०७८ आइतबार १४:४, काठमाडौँ

नेकपा एमाले खारेजीमा परेको तत्कालीन नेकपाको जस्तै पार्टी संरचना बनाउने भएको छ। 

उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतवार जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन्। 

तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीनवटा मात्रै लेयर राख्ने निर्णय लिएको हो। 

'अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ', पौडेलले भने, 'पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो। 

उनको जवाफ दिने क्रममा पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको बताए। पौडेलले नेताहरुलाई माथिल्लो तहसम्म पुग्ने बाटो खोल्न स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने बताए। 

'४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछ', उनले भने, 'केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन। अब एमालेमा पदाधिकारी रहेको सचिवालय हुनेछ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad