पश्चिम बंगालको विधानसभाअन्तर्गत भवानीपुरमा सम्पन्न उपचुनावमा मुख्यमन्त्री ममता बनर्जी २८ हजारभन्दा बढी मतले अगाडि छिन्। अहिलेसम्म ९ चरणको मतगणना सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
निर्वाचन आयोगको वेबसाइटका अनुसार ममता बनर्जीले अहिलेसम्म ३७ हजार ५०७ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिद्वन्द्वी भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार प्रियंका टिबरिवालका पक्षमा ८ हजार ६७९ भोट आएको छ।
भवानीपुरमा गत सेप्टेम्बर ३० मा सम्पन्न उपचुनावमा ५७.०९ प्रतिशत मात्र मत खसेकाे हाे। यसअघि मार्च–अप्रिलमा भएको विधानसभा चुनावमा भने त्यहाँ ६१.७९ प्रतिशत मतदान भएको थियो। जसमा सोभनदेव चट्टोपाध्यायले २८ हजार ७१९ भोट ल्याएर जितेका चुनाव थिए।
विधानसभा चुनावमा तृणमूल कांग्रेसले २९४ सिटमध्ये २१३ स्थानमा जितेको थियो। तर ममता बनर्जीले नन्दीग्रामबाट आफ्नो सिटमा चुनाव हारेकी थिइन्।
तर पार्टीकाे बहुमतका आधारमा उनलाई उनलाई पश्चिम बंगाल राज्यको मुख्यमन्त्री बनाइएकाे हाे। त्यसकाे ६ महिनापछि विधानसभाको सदस्य हुनैपर्ने भएकाले बनर्जीले अहिले उपचुनाव लडेकी हुन्। यसका लागि शोभनदेव चट्टोपाध्यायले भवानीपुर सिट खाली गरिदिएका हुन्।
उनी मुख्यमन्त्रीमा रहिरहन अहिलेकाे चुनाव जित्नैपर्ने हुन्छ।
Shares

प्रतिक्रिया