राजनीति


अखिल क्रान्तिकारीको अध्यक्ष दाबी गर्ने पाँच नेता माओवादीको केन्द्रीय सदस्य

अखिल क्रान्तिकारीको अध्यक्ष दाबी गर्ने पाँच नेता माओवादीको केन्द्रीय सदस्य

नेपालखबर
असोज १७, २०७८ आइतबार १३:११, काठमाडौँ

राजधानीमा बिहीबारदेखि जारी अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ अध्यक्षमा दाबी गर्ने पाँच नेतालाई माओवादीको केन्द्रीय सदस्य बनाइएको छ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष दावी गरेका ६ नेताहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मातृपार्टी माओवादीको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

रञ्जीत तामाङले विदा लिएपछि अखिल क्रान्तिकारीको अध्यक्षमा प्रचण्डले पञ्चा सिंहलाई अघि सारिसकेका छन्। 

उनीसँगै अखिलको दौडमा रहेका अन्य पाँच जनालाई भने माओवादीको जिम्मेवारी दिइएको हो। 

क्रान्तिकारीको अध्यक्षमा दाबी गर्ने सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा विजय गौतमले माओवादी केन्द्रीय सदस्यको जिम्मेवारी पाएका हुन्। 

त्यसैगरी निर्वतमान अध्यक्ष रञ्जीत तामाङलाई पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको छ। उनीहरुको जिम्मेवारी आइतवारबाटै लागु हुने भएको प्रचण्डनिकट एक नेताले जानकारी दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad