नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति पदमा कुमार लामा निर्वाचित भएका छन्।
पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट १०९ मत प्राप्त गरी उनी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाए।
यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन्।
सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल विजयी भएका छन्।
सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन्। कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने व्यवस्था विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए।
यसैगरी नगर कार्यसमितिका धेरैजसो सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन्।
शङ्खरापुरमा श्रेष्ठ
यसैगरी शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठ ८६ मतका साथ विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाएका छन्।
उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन्।
सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी भएका छन्। सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन्।
कागेश्वरी–मनहरामा दाहाल
कांग्रेस कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार १५१ मत ल्याएर उनी सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत पाएको निर्वाचन समितिले जनाएको छ।
Shares

प्रतिक्रिया