राजनीति


एमाले विधान महाधिवेशन : सकियो समूहगत छलफल, टोली नेताले निष्कर्ष सुनाउँदै

एमाले विधान महाधिवेशन : सकियो समूहगत छलफल, टोली नेताले निष्कर्ष सुनाउँदै

नेपालखबर
असोज १६, २०७८ शनिबार १६:३२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा समूहगत छलफल सकिएको छ। 

शनिबार बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल केही समयअघि सकिएको हो।

प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। 

सातवटा प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले अलग अलग समूहमा छलफल गरेका थिए। 

छलफलपछि टोली नेताले मूल बैठकमा सुझाव प्रस्तुत गर्ने तयारी भएको तामाङले बताएका छन्। 

प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वालाकुमारी साह, वाग्मती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझाव प्रस्तुत गर्नेछन्। 

विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजीता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन्।

टोली नेताले शनिबार साँझ सुझाव प्रस्तुत गरेपछि आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने छन्। 

विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन्। विधान महाधिवेशन आइतबारसम्म हुनेछ। यो महाधिवेशनले पार्टीको नीति पारित गरेपछि मंसिरमा नेतृत्वका लागि मात्रै दशौँ महाधिवेशन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .