सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
यो बैठकले माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल हुने बताइएको छ।
यो बैठकले भ्रातृसंगठन अखिल क्रान्तिकारीको अध्यक्षबारे पनि निचोड निकाल्ने तयारी रहेको एक नेताले बताएका छन्।
अखिल क्रान्तिकारीको २२ औँ सम्मेलन बिहीबारदेखि काठमाडौंमा जारी छ। त्यसको अध्यक्षका लागि सुरेन्द्र बस्नेत र पञ्चा सिंह प्रतिस्पर्धामा देखिएका छन्।
बस्नेत अहिले वरिष्ठ उपाध्यक्षको भूमिका छन्। उता सिंह उपाध्यक्षको जिम्मेवारीमा छन्।
यी दुईबाहेक उपाध्यक्षहरू तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतमसँगै महासचिव उत्तम अधिकारी अध्यक्षको प्रतिस्पर्धामा देखिएका छन्।
माओवादीले बस्नेत र सिंहमध्ये एकलाई अध्यक्ष बनाउने तयारी गरेको छ। बस्नेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन्। सिंह अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' निकटका रुपमा चिनिन्छन्।
यसअघि अखिल क्रान्तिकारीको नेतृत्वका लागि दौडमा रहेकाहरूसँग प्रचण्डले छलफल गरिसकेका छन्।
Shares

प्रतिक्रिया