राजनीति


अखिल क्रान्तिकारीको २२ औं सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

अखिल क्रान्तिकारीको २२ औं सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

नेपालखबर
असोज १४, २०७८ बिहिबार १०:५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं सम्मेलन आज (बिहीबार)बाट सुरू हुँदै छ।

प्रज्ञा भवन कमलादी, काठमाडौँमा दिउँसो १२ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ।

असोज १६ गतेसम्म चल्ने सम्मेलनले अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्नेछ। क्रान्तिकारीको अध्यक्षमा हालका उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित ९ जना विद्यार्थी नेता आकांक्षी देखिएका छन्। हालका अध्यक्ष रञ्जित तामाङले भने पुन अध्यक्षमा दोहोरिने इच्छा देखाएका छैनन्। 

बस्नेतसँगै पञ्चा सिंह, दिपक देवकोटा, विजय गौतम, दीपेश पुन, रविकिरण यादव तिलक भण्डारी, उत्तम अधिकारी र इन्द्र भुसाल अध्यक्षका आकांक्षी हुन्।

सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने क्रान्तिकारीको तयारी छ। सहमतिमा नभए चुनावमार्फत् नेतृत्व चयन गरिने नेताहरुले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad